करतार ट्याक्टरको धनगढीबाट बिक्रि सुरु

करतार ट्याक्टरको धनगढीबाट बिक्रि सुरु

१ असोज, धनगढी
करतार ट्याक्टरको आधिकारिक बिक्रि सुरु भएको छ । भुमिपुत्र अटो एण्ड ट्रेड प्रालिले सुदूरपश्चिम प्रदेशका लागि करतारको धनगढीमा बुधवारदेखि बिक्री सुरु गरेको छ ।
‘हिमाल पहाड तराई करतार ट्याक्टर सबैको रोजाई’ भन्ने नारासहित ४२ एचपीदेखि ९० एचपीसम्मका ट्याक्टर उपलव्ध हुने प्रालिका प्रबन्धक सागर जोशीले बताए । अहिलेको ट्रेक्टरमा टु व्हील ड्राईभ र फोरव्हील ड्राईभ दुबैमा उपलव्ध रहेको उनले बताए । १३ लाख ९५ हजारबाट २५ लाख ९५ हजारसम्मका ट्याक्टरमा विभिन्न विशेषताका रहेको उनको भनाई छ । नेपालमा ८५ प्रतिशत ग्राहकहरु सन्तुष्ट भएको जानकारी दिदै उनले बजारमा भएका ट्याक्टरहरुमध्ये हायर सिसि इन्जिन भएको जानकारी दिए । करलोस्कर इन्जिन ट्याक्टर भएको बताउ“दै उनले करतारमा ३६ दशमल ७ किमि प्रतिघण्टा क्षमता रहेको बताए । करतार ट्याक्टर आरओपी रहेको कारण ड्राइभर पनि सुरक्षित रहने उनले जानकारी दिए ।