कञ्चनपुरमा प्रेमिकासँग मागेको पैसा फिर्ता गर्ने र मोबाइल बनाइदिने सर्तमा छुटे नेविसंघका सभापति सरोज रोकाया

कञ्चनपुरमा प्रेमिकासँग मागेको पैसा फिर्ता गर्ने र मोबाइल बनाइदिने सर्तमा छुटे नेविसंघका सभापति सरोज रोकाया

धनगढीः कञ्चनपुरमा पक्राउ परेको नेविसंघका क्याम्पस इकाइ कमिटिका सभापति रिहा भएका छन्। 

शुक्रबार भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको जनज्योती बहुमुखी क्याम्पसका नेविसंघ सभापति सरोज रोकाया प्रेमिकाले दिएको ठाडो उजुरीका आधारमा पक्राउ परेका थिए। 

सापटी लिएका रकम फिर्ता नगरेकाले क्याम्पसको शैक्षिक शुल्क तिर्न समस्या भएको भन्दै प्रेमिकाले उनीविरुद्ध उजुरी दिएकी थिइन। तर सापटी लिएको २६ हजार फिर्ता गर्ने र विवादका क्रममा युवतीको फुटेको मोबाइल बनाइदिने सर्तमा प्रहरीले रोकायालाई शुक्रबार साँझ नै छाडेको छ। 

महेन्द्रनगरमा डेरा गरि बस्दै आएका उनीहरु १ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। युवतीका दाजुभाउजु अस्ट्रेलियामा बस्ने गरेको खुलेको छ। 

दाजुभाउजुले नै अध्ययनका लागि पठाइदिने खर्च वाफतको रकम प्रेमिलाई सापटी स्वरुप दिएको तर फिर्ता गर्न आनाकानी गरेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।