एयर होस्टेजले यौन सम्बन्धको अफर गरेपछि

एयर होस्टेजले यौन सम्बन्धको अफर गरेपछि

एजेन्सी : ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको घट्नाले निकै चर्चा पायो । एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिनसमेत हुने भएको छ ।
यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् ।

यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको डेली मेलले उल्लेख गरेको छ ।

द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचेर अतिरिक्त आम्दानी गरेको उल्लेख गरेकी छन् । त्यसका साथै उनले वान टु वान सेवाका लागि पनि अतिरिक्त पैसा लिने गरेकी थिइन् । आफ्नो ब्लगमा उनले ग्राहक पैसा तिर्न सक्षम भएमा उडानका क्रममा ‘वयस्क मनोरञ्जन’ समेत गर्न सक्ने बताएकी छन् ।

उनले ग्राहकसँग भेट्नका लागि ५० युरोको ‘सेक्युरिटी फिस’ दिनुपर्ने उल्लेख गरेकी छन् । यो फिस पनि माग अनुसार फरक हुने उनको भनाइ छ । आफूहरूले सबै सहयोगीबाट उच्चस्तरको व्यवहारको अपेक्षा गरेको भन्दै यो घटनाको छानबिन भइरहेको ब्रिटिस एयरका प्रवक्ताले बताएका छन् ।-दृष्टिबाट/Photo: Agency