आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले

आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले

२६ जेठ (अछाम)
अस्पतालले नाेकरीबाट हटाएको भन्दै बयालपाटा अस्पतालमा कार्यरत साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले सोमबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले दुई महिनाअघि आर्थिक संकट परेको भन्दै आउजीलगायत ३३ जना कर्मचारीलाई अवकासको चिठी दिएको थियो । आउजी कार्यालय सहयोगी पदमा कार्यरत थिए । प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलका अनुसार अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाइ उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भइरहेकाे छ ।