अत्तरियामा स्टिम एक्स्पो हुने

अत्तरियामा स्टिम एक्स्पो हुने

सुदीप थापा,१९ माघ (धनगढी)
शैक्षिक गुणस्तर वृद्धिका लागि एभरेष्ट एकेडेमीले स्टिम एक्स्पो एण्ड च्यालेन्ज कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकेडेमीले यहि माघ २९ र फागुन १ र २ गते नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्ज ०.२ कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा पहिलो दिन शिक्षक तथा विषय विशेषज्ञहरुसँग अन्तरक्रिया गर्ने र दोस्रो र तेस्रो दिन विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यक्रम गराउने योजना रहेको आयोजकले जनाइएको छ गतवर्ष आयोजित कार्यक्रममा २८ विद्यालयको सहभागिता रहेको थियो भने यस वर्ष ४० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न कम्तीमा सात लाख रुपैयाँ खर्च हुने आयोजक एभरेष्ट एकेडेमीले जनाएको छ ।