सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने

सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने

काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो।

कानुनी प्रक्रिया पुर्‍याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो।

कानुनी प्रक्रिया पुर्‍याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए। कयातधबचष्अब
लष्अ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरी दर्ता गरेसँगै पीडित नाबालिगको स्वास्थ्य परीक्षण समेत गराइएको छ। उनको एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षण गरिएको हो।

लामिछानेले पीडित नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा पुर्‍याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

लामिछानेले आफूमाथि त्यस रात पटकपटक बलात्कार गरेको प्रहरीसँमक्ष बयान दिएकी छन्। काठमाडौं(९ सिनामंगल को होटलमा जानुअघि उनीहरू भक्तपुरको नगरकोटमा पनि पुगेको प्रहरीले बताएको छ।

यस घटनाको अनुसन्धान प्रहरी परिसर र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।

घटनाको भोलिपल्ट नै सन्दीप लामिछाने केन्यामा भएको टी(२० क्रिकेट खेल्न गएका थिए। पाँच खेल खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए।

उनी कहिले फर्किने भन्ने टुंगो लागेको छैन।