विद्यालयका लेखापालमाथि कुटपिट

विद्यालयका लेखापालमाथि कुटपिट

सुदीप थापा, १ पुस (धनगढी)
डोटीको आदर्श गाउँपािलका ४ मा रहेको प्रभात मावि देहीमाण्डौका लेखापाल टंकप्रसाद ओझामाथि कुटपिट भएको छ । नेकपाका स्थानीय कार्यकताए महेश ओझाले उनीमाथि कुटपिट गरेका हुन् ।
पीडित ओझाका अनुसार महेशकी छोरी मुना मेमोरियल नामक बोर्डीङमा पढ्ने गरेको तर उनले प्रभात माविको अभिभावकहरुको नामावलीमा आफ्नो नाम राख्न भनेपछि ओझाले विरोध गरेका थिए ।
मादक पदार्थ सेवन गरेका उनले बाटोमा हिड्दै गरेका लेखापाल ओझालाई काम छ भनी बोलाएको र टाउकोका ढुंगा प्रहार गरेको बताइएको छ ।
‘उनको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बन्ने मन थियो, त्यसैले उनले असारदेखि मलाई अभिभावकको सुँचीमा नाम राख्न दवाव दिंदै आएका थिए’ ओझाले भने ‘नाताले भान्जा पर्ने उनको कोही पनि विद्यालयमा पढदैनन ्।’
‘मंसिर २९ गते गाउँपालिकाका इन्जीनियरको विहेको पार्टीबाट फर्किरहेको थिए, बाटोमा उनी मलाई कुरेर बसेका रहेछन् । पहिलेबाट सबै विद्यालयमा नेकपाको चल्छ, त्यो विद्यालयमा किन नचल्ने पख तलाई देखाउछु भनेर धम्की दिइरन्थे। त्यो दिन मौका पाए र कुटपिट गरे ।’
टाउकोमा गम्भिर चोट लागेपछि उनले प्रहरीमा निवेदन गरेका थिए। निवेदनपछि प्रहरीले महेश ओझालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडेको पीडित ओझाले बताए ।