रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागारमा डा. सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज डिल्लीबजार कारागार पुगेका छन् ।
आफ्नो पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका रावतले जेलमा रहेका प्रतिनिधिसभा सदस्य समेत रहेका रेशम चौधरीलाई भेटेका छन् । उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् । भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको सिंहले जनाए ।
डा. राउतले करिव पाँच मिनेट चौधरीसँग कुराकानी गरेको डिल्लीबजार कारागार प्रशासन स्रोतले जनाएको छ । चौधरी टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा लामो समय देखी कारागारमा छन् ।