रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ : देउवा

रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ : देउवा

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् । सत्तारढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ रहेको छ । सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने उनले बताएका छन् । हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो देउवाले भने,मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो , राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको थिए । चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । नेपालमा मेयर महिला नै हुनुपर्छ भन्ने दिन आउन बेर छैन देउवाले भने ।