माधव नेपाललाई ओलीको जवाफ , को सकिन्छ ३० गते थाहा हुन्छ

माधव नेपाललाई ओलीको जवाफ , को सकिन्छ ३० गते थाहा हुन्छ

पोखरा । नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् ।आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए ।सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताएका छन् । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे उनले भने, वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ , को खत्तम भएछ जनताले बताउँछ ।