निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्यसत्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै एमालेका उमेदवार स्थापितको उमेदवारी खारेजको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएका छन्।