दाङमा एक युवतीमाथि सामूहिक बलात्कार
दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् । एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए । पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो ।