कर्णालीका आठ राजनीतिक दलहरुको प्रतिबद्धता,चुनावमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने
बालबालिका र विद्यालय शान्ति क्षेत्रमा चुनावी गतिविधि हुन्न भन्ने मान्यतालाई सम्मान गर्दै कर्णालीका राजनीतिक दलहरुले चुनावी गतिविधिमा बालबालिकालाई सरिक नगराउने प्रतिबद्धता जनाएका छन् । बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले आयोजना गरिएको स्थानीय तहको निर्वाचन, र बालबालिकाका सवाल विषयक कार्यक्रममा नेकपा कर्णालीका आठवटा राजनीतिक दलहरुले उक्त प्रतिबद्धता रहेको जनाएका छन् ।
उक्त प्रतिबद्धतामा यस्तो भनिएको छ ,‘बालबालिका र शिक्षकलाई कुनैपनि प्रकारका राजनीतिक गतिविधिहरु धर्ना, जुलुस र आमसभा जस्ता कार्यक्रममा सहभागि गराउँदैनौँ र साथै विद्यालय तहमा राजनीतिक भातृ संगठनहरुको गठन पनि गर्दैनौं भन्ने जनाएका छन् साथै परिवार, समाज र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरुद्ध कुनैपनि किसिमका शारीरिक सजाय, मानसिक हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव हुन दिदैनौँ ।’
बालअधिकारका लागि साझा अभियानका प्रदेश संयोजक टिकाराम आचार्यले बालबालिकालाई दलीय राजनीतिक क्रियाकलापमा सहभागि गराउँदा उनीहरुको संवेगात्मक विकासमा असर पर्ने बताएका छन् । उनले भने, ‘विभिन्न अध्ययनले बाल मनोविज्ञानमा असर, शोषण, आन्तरिक द्धन्द्ध, पढाईमा बाधा, मानसिक तनाव जस्ता असरहरू पर्ने हुँदा बालबालिकालाई राजनीतिक क्रियाकलापमा सहभागि गराउनु हुँदैन भन्ने मान्यता रहेको छ।’