आज आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन ।
जन्म दिने आमालाई मीठा मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने र आमाको मुख हेर्ने दिनको रुपमा मनाउने चलन रहेको छ । त्यसैले आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिने गर्छन् । तर, आमा नभएकाहरु भने पिण्ड दान गर्न नजिकैको मातातिर्थ जाने गर्छन् साथै आमा नभएकाहरुले सकेसम्म प्रत्येक वर्ष र नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यता समेत रहेको छ ।