रोशनीको भनाइमा नाटकीय वदलाव
१४ असोज –काठमाण्डौ)
संंसद सचिवालयमा कार्यरत एक महिलाले सभामुख कृष्णबहादुर महाराले आइतबार आफुलाई बलात्कारको गरेको कुरा महिलाबाटै बाहिर आएपछि नेकपाको हाइकमाण्डले पनि सभामुख र सांसद पदबाट राजिनामा गर्न निर्देशन गर्यो । त्यसपछि महराले सभामुख पदबाट राजनीनामा दिन बाध्य पनि भए । तर उनले सांसद पदबाट भने राजिनामा दिएका छैनन् ।
राती प्रहरीलाई उनैले खबर गरिन । प्रहरी उनको कोठामा पनि पुग्यो तत्काल । मंगलबार सोमबार सबै घटना छताछुल्ल भयो । तर महराले राजिनामा दिएको १२ घण्टा नबित्दै ती महिलाको आरोप आफनो आरोपमा बदलाप आयो । उनले महरा आफ्नो बाबु समान भएको बताइन । ती महिलाले त्यति मात्रै भनेकी छैनन की महरा आफनो कोठामा आउदै नआएको बताएकी छिन् । यसअघि महराको चस्मा फुटेको र जुताको तना पनि आफनो श्रीमानको भएको उनले बताएकी छिन् । प्रहरीले मंगलबारदेखि अनुसन्धान सुरु गरिसकेको भनेको छ । यसरी अपत्यारिलो ढंगले विकास भइरहेका घटनाक्रममले नेपालमा जे पनि हुन सक्छ है भन्ने अनुमानलाई बल दिने देखिएको जानकारहरु बताउछन् ।
