ट्राफिक चिन्ह् नहुँदा अप्ठेरो

ट्राफिक चिन्ह् नहुँदा अप्ठेरो

सृजना स्नेही, ३ माघ (बझाङ
सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न सडकका घुम्ती र मोडहरुमा ट्राफिक चिन्नहरु राख्नु पर्ने हुन्छ । तर बझाङका सडकमा भने त्यसतो छैन । ट्राफिक चिन्ह्रहरुले सडकको अवस्थाबारे पूर्व जानकारी दिएर चालकलाई सजग गराउँछ ।
बझाङको जयपृथ्वी राजमार्गको सिमखेतदेखि चिउडीखान जाने बाटोमा घुमाउरो मोडहरु छन् । त्यहाँ राखिएका टाफिक चिन्ह्रहरु महिनौदेखि बाटोको छेउभन्दा तल भिरमा खसेका छन् । सिमखेतको सडकमा मात्रै हैन, जताततै यही अवस्था छ । घुमाउरो सडकमा ट्राफिक संकेतहरु राख्नुपर्नेमा यातायात व्यवसायीहरुले जोड दिएका छन् ।