सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरु स्मारिका विमोचन

सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरु स्मारिका विमोचन

२९ पुस (धनगढी)
उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले एक समारोहकाबीच सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरुको तस्विर तथा संक्षिप्त जानकारीसहितको स्मारिका विमोचन गरेकी छिन् । स्मारिका नाटा सुदूरपश्चिमले प्रकाशन गरको हो ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको तस्विर सहितको जानकारी उक्त स्मारिकामा समावेश गरिएको छ ।
ुसुदूरपश्चिम प्रदेशमा रहेको प्रख्यात पर्यटन गन्तब्यहरुलाई राष्टिय तथा अन्तराष्टिय रुपमा प्रचारप्रसार गर्ने गराउने उद्धेश्यले स्मारिकाको प्रकाशन गरिएको नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताए । उनले भने स्मारिकाले भ्रमण बर्षको उद्देश्यलाई समेत सहयोग पुर्याउने छ । विमोचनपश्चात मन्त्री भट्टले भ्रमण बर्ष २०२० सफल पार्न सबै क्षेत्रको उत्तिकै दायित्व रहेको बताइन् । सबैको साझा प्रयत्नले मात्रै सरकारले लिएको उद्देश्य पुरा हुन सक्छ उनले भनिन् हाम्रोमा त अरुका काममा मात्रै औला ठड्याउने र आफनो कर्तब्यको कुनै हेक्का नहुने प्रवृति हावी भयो । नाटाले प्रकाशन गरको स्मारिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उनको भनाई थियो । नाटाका महासचिव पदमबिक्रम सिंहले सञ्चालन गरको विमोचन कार्यक्रममा पर्यटन व्यवसायी किशोर खड्का, उड्यन ब्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । महासचिव सिंहले नाटाले विगतदेखि नै सुदूरपश्चिमको पर्यटन विकासका लागि काम गरिरहेको बताए ।