संक्रमितको उपचार गर्न धनगढीमा बेग्लै भवन
सुदीप थापा, ७ बैशाख (धनगढी)
मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आइतबार कोरोना संक्रमितको उपचार गर्नका लागि धनगढीमा निर्माण सुरु गरिएको ५० शैøयाको बेग्लै भवनको प्रगतिको अनुगमन गरेका छन् ।
प्रि–फ्याव प्रविधिको उक्त भवन २० दिनभित्र तयार गरी सक्ने लक्ष्य राखिएको छ । उक्त भवन सेती प्रादेशिक अस्पताल नजिकै निर्माण सुरु गरिएको हो । मुख्यमन्त्रीले निर्माणकार्यमा संलग्न ठेकेदारलाई चा“डोभन्दा चा“डो काम सक्न निर्देशन दिएका थिए ।
प्रसूति सेवालगायत अन्य विरामीहरुको उपचार सेतीमै हुने गरेको छ । एउटै भवनभित्र कोरोना भाइरसबाट संक्रमित विरामीको परीक्षण तथा उपचार गर्दा संक्रमण फैलनसक्ने सेतीका चिकित्सकहरुले बताउ“दै आएका छन् । अस्पतालका प्रवक्ता जगदीश जोशी भन्छन् ‘कोरोना भाइरसबाट संक्रमित विरामीलाई एकै हाताभित्र राख्दा अरु विरामीलाई पनि जोखिम छ ।’
सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका विरामी बढ्नसक्ने देखिएपछि प्रदेश सरकारले सेती र महाकाली प्रादेशिक अस्तालमा संक्रमित विरामीको उपचार गर्न बेग्लै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ५०–५० शैøयाको प्रि–फ्याव भवन तथा वार्ड निर्माण गर्न सामाजिक विकास मन्त्रालयले चैतमा दुबै अस्पताललाई एक–एक करोड निकासा दिएको थियो ।