रिहा भए नायक पल शाह, स्वागतका लागी फ्यानहरुको भीड।

रिहा भए नायक पल शाह, स्वागतका लागी फ्यानहरुको भीड।

नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका नाएक पल शाह थुनामुक्त भएका छन्। शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले रिहा भएको जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा थिए ।

आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्‍ने ठहर गरेको थियो।

पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरिएको थियो।

यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो। त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहले तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका छन्। नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो। उच्च अदालतले आइतबार अभियोग दाबी नपुग्ने भन्दै जिल्लाको फैसला उल्ट्याएपछि कलाकार शाह आज रिहा हुने भएका हुन्। 

उनलाई स्वागत गर्न तनहुँ कारागार बाहिर फ्यानहरुको ठुलो भीड लागेको थियो। उनीहरुले ‘पल शाह हाई हाई’ भन्दै नाराबाजीसमेत गरेका थिए।