रबि ओड पर्यटन दुत
१ मंसिर (धनगढी)
सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल रवि वडलाई प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको छ ।
महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले शुक्रबार नेपाल आइडल ओडलाई प्रदेशको पर्यटन दूतका रुपमा नियुक्त गरेको घोषणा गरेकी हुन्। उनले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आइडल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको जानकारी दिइन्।
आफनो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचारप्रसारमा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टको भनाई छ । पर्यटनदुत नियूक्त भएपछि ओडले सुदूरपश्चिमको पर्यटन प्रवर्दन गर्न भूमिका निर्वाह गर्ने बताए । प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघि नै प्रदेश स्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।