मतदाताको घरदैलोमा मन्त्री सुवेदी
११ माघ (धनगढी)
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शनिबार अत्तरिया क्षेत्रका मतदाता र ब्यवसायीहरुसँग भेटघाट तथा छलफल गरेका छन् । भेटघाटकाक्रममा मन्त्री सुवेदीले स्थानीयका समस्यालगायतका सवालमा छलफल गरेका थिए । उनले प्रदेश सरकार जनताका समस्या सम्बोधन गर्न लागि परेको बताउँदै गलत अफवाह र भ्रममा नपर्न आग्रह गरेका थिए । कार्यकर्ता र अन्य सर्वधारणबाट रचनात्मक सुझाव र निगरानीको अपेक्षा आफुले गरिरहेको उनको भनाई छ ।