फोहोर उठाउन नपाउँदा समस्या

फोहोर उठाउन नपाउँदा समस्या

सुदीप थापा, १७ चैत (धनगढी)
धनगढी उपमहानगरपालिकाको फोहोर उठाउने संस्था मार्तभुमि संरक्षण प्रालिले केही दिनयता फोहोर उठाउन पाएको छैन् । कोरोनाको सनत्रास भएका समयमा फोहोर उठाउन जान सुरक्षाकालागि आवश्यक पर्ने पन्जा, एन ९५ मास्क, पिपिईलगायतका सामाग्री नहुँदा फोहोर उठाउन नसकिएकोे मातृभुमि संरक्षण प्रालिका सञ्चालक हस्त बहादुर शाहले बताए । आफुले सम्बन्धित ठाउँमा सामानको लागी पहल गरी सकेको र पुग्ने वित्तिकै फोहोर संकलन गर्न जाने सञ्चालक शाहले जानकारी दिए । धनगढी नगरवासीमा पर्न गएको असुविधा प्रति उनले क्षेमा मागे छन् ।