प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रचण्डसहित ५ नेताको निवाससम्म गुप्तचर कर्मचारी !

प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रचण्डसहित ५ नेताको निवाससम्म गुप्तचर कर्मचारी !

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयका ५ नेताहरुको निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरु नै खटाएको खुलेको छ । नेकपाका पहिलो नम्बरका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू बिरुद्ध प्रस्तुत भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताहरुको गतिविधी बुझ्न गुप्तचरका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

पछिल्लो केहिदिन यता गुप्तचरका अधिकारीहरु अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता द्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको घर आसपासमा बाक्लो रुपमा खटिएका छन् । दुई अध्यक्षबीच पार्टीमा असमझदारी बढेपछि नेताहरुमा किचलो तीव्र रुपमा छाइरहेको छ । बिशेषत प्रधानमन्त्री ओलीले शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले आफ्नो प्रवित्तिगत बिशेस्ताहरु औल्याउदै छलफलका लागि प्रस्ताव राखेपछि गुप्तचरको प्रयोग गरेको खुलेको छ ।

प्रधानमन्त्रीले सचिवालय बैठकपछि गुप्तचर प्रमुख गणेश अधिकारीलाई ठाडो निर्देशन दिँदै ५ नेताको गतिविधी निगरानी राख्नु भनेको खुलेको छ । गुप्तचर बिभाग स्रोतका अनुसार अहिले अध्यक्ष प्रचण्ड र नेता नेपालको निवासका बीच भाग चापागाउँ दोवाटोदेखि बालकुमारी पूल नेता नेपालको निवास नजिकसम्म बाक्लो गरि कर्मचारी खटाइएको छ । प्रधानमन्त्री ओलीले त्यहाँको अवस्थाबारे छिन छिनमा बालुवाटारमा रिपोर्ट लिनेगरी गुप्तचरको कर्मचारी राख्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरु कुन बेला कता गएको र आएको जानकारी लिने गर्नुभएको गुप्तचर स्रोतले बताएको छ । त्यस्तै अन्य नेताहरु झलनाथ खनाल, बामदेव गाैतम र नारायणकाजी श्रोष्ठ निवासका लागि पनि अन्य धेरै कर्मचारीहरु खटाइएका छन् । कर्मचारीहरु विभिन्न भेषमा खटिएर निर्देशन दिइए अनुसार नै सबै नेताको बारेमा बालुवाटारमा जनाकारी दिँदै आएको गुप्तचरका स्रोतले बताएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले नेताहरुको निगरानीका लागि गुप्तचरका कर्मचारीहरु खटाएपछि आलोचित हुनुभएको थियो । यसअघिका सरकारमा गुप्तचर बिभाग गृहमन्त्रालय मातहतमा थियो । तर ओली प्रधानमन्त्री भएपछि उहाँले आफू मातहतमा ल्याउनु भएको छ ।

पछिल्लो समय नेकपामा दुई अध्यक्षबीच असमझदारी बढेकाले पार्टी एकता संकटमा परेको छ । पार्टीको बिवाद बैठकबाटै मिलाउनु पर्ने ५ नेताहरुको माग छ भने प्रधानमन्त्री ओली सहित ४ सचिवाललय सदस्यहरु बैठक अस्वीकार गर्दै आएका छन् ।