पोखरामा राजा खोज्दै प्रदर्शन

पोखरामा राजा खोज्दै प्रदर्शन

पोखरा : देशको राष्ट्रियता खतरामा परेको, भ्रष्टचार बढेको भन्दै पोखरामा हजारौँ युवाहरु प्रदर्शनमा उत्रिएका छन् । 

गणतान्त्रिक सरकार असफल भएको भन्दै मोटरसाइकल, कार, बस र्‍यालीमा सहभागीले राष्ट्रियता जोगाउन देशमा राजसंस्थाको आवश्यकता रहेको भन्दै प्रदर्शन गरेका हुन् । 

कोरोना कहरमा पनि युवा नेपालको राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रेका थिए । सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह, कोमल लगायत पूर्वा राजाको तस्बिर र ब्यानर लिएका थिए । देश व्यापी रुपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्‍याली र आमसभा गर्ने क्रममा पोखरामा पनि पदर्शन गरिएको हो । र्‍यालीमा पश्चिमाञ्चलका नागरिकका सहभागीता रहेको आयोजकले बताएका छन्।