नमुना क्वारेन्टाईनमा सहयोगी थपिदैँ

नमुना क्वारेन्टाईनमा सहयोगी थपिदैँ

सुदिप थापा, ३ असार (धनगढी)
भक्त विवि हेल्पिङ ह्याण्डस फर ह्युमानिटिले संयोजन गरी धनगढी उपमहानगरपालिका ३ को सहकार्यमा सञ्चालित धनगढीकोे नमुना क्वारेन्टाईनमा सहयोग गर्ने हातहरु थपिदैँ गएका छन् ।
भारतको पलियाका घर भई धनगढीमा व्यवसाय गर्दै आएका बालाजी मिठाईका सुभम गुप्ता, लाईन ईलेक्ट्रोनिक्सका महम्मद शाफी, ईरम बैंगल स्टोरका सकिल अहम्मदले क्वारेन्टाईनमा सहयोग गरेका छन् । उनीहरुले ३ सय पिस मास्क, २० केजी चना, अण्डा एक पेटी, ५० बोतल सेनीटाईजर, स्याम्पो, ग्लोव्स लगाएतका समाग्री नमुना क्वारेन्टाईनलाई हस्तान्तरण गरेका हुन ।
वडा अध्यक्ष बलबहादुर ऐरले धेरै राम्रो काम गरेको इरम बैंगल स्टोरका सकिल अहम्मदले बताए । आगामी दिनमा पनि सक्ने सहयोग गर्ने उनले बताए ।
नमुना क्वारेन्टाईन विभिन्न सहयोगी मनहरुबाट सञ्चालन भएको वडा अध्यक्ष बल बहादुर ऐरले बताए । आगामी दिनमा समाजमा आई पर्ने संकटहरुमा हुने मनका सहयोगी हातहरुले सहयोग गर्नुपर्ने उनले बताए ।
कोरोना भाईरसको जोखिमका कारण भारतवाट आएर १४ दिनका लागि क्वारेन्टाईनमा सुरक्षित बस्ने व्यवस्था रहेको वडा सदस्य ओम चन्दले बताए । क्वारेन्टाई अवधि पुगे पछि परिक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाएको उनले जानकारी दिए । उनले सहयोगी हालहरुलाई धन्यवाद दिएका छन । आगामी दिनमा पनि क्वारेन्टाईन व्यवस्थापन सहयागमा जुट्न सहयोगी हातहरुलाई आग्रह गरेका छन् ।