जहाज विमानस्थलनजिकै ‘घरमा गएर जोतियो’
११ पुस (काठमाण्डौं)
कजाखस्तानमा एक सय जना मानिस चढेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।
दुर्घटनापछि विमानमा आगोको लागेन। विमानस्थलका अनुसार केही यात्रुहरू जीवितै फेला परेका थिए।
घटनास्थलनजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताले उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो । आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ।
मानवीय क्षति
अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए। विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको बताइएको छ। कम्तीमा नौ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन् ।