कोरोना विरुद्धको लडाईमा सुदूरपश्चिम

कोरोना विरुद्धको लडाईमा सुदूरपश्चिम

सुर बहादुुर परियार
शाखा अधिकृत
मुख्य न्यायाधिवक्ताको कार्यालय
सुदूर पश्चिमप्रदेश, धनगढी

नयाँ कोरोना भाइरस (कोभिड १९) चीनको वुहान शहरबाट सन् २०१९ डिसेम्वरमा देखा परेको महामारी रोग हो । यो महामारीले हालसम्म झन्डै २० लाख संक्रमित भएका छन् । उपचारपछि पाँच लाखजति निको भएका छन् भने एक लाख जनाले कोरोनाको महामारीका कारण मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथ्यांकले संक्रमित भएका ९५ प्रतिसत सामान्य अवस्थाका, ५ प्रतिसत उच्च जोखिममा रहेका विरामी २ प्रतिसतजतिको संक्रमितको मृत्यु भएको तथ्यांङले देखाउँछ । नेपालमा ९ जनामा यो संक्रमण देखिएको छ । जसमा एक जनानिको भइसकेको र ८ जना उपचार भइरहेको छ ।
सुदूरपश्चिम सरकारले मुख्यमन्त्रीको अध्यक्षतामा ०७६ चैत ७ गते कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापन समिति बैठक बसी कोरोना भाईस विरुद्धको महामारी नियन्त्रण तथा रोकथामका लागि २८ वटा निर्णय गरेको थियो । उक्त निर्णायले सामाग्री आवश्यकताको व्यवस्थापन, कोरोना महामारी विरुद्ध स्थानीय तहमा आइसोलेसन र क्वरेन्टीन निर्माण गर्ने र राहत व्यवस्थापन र भारतबाट आएको उद्धार र जोखिन रोकथाम गर्ने विषयमा निर्णय भएको थियो । हाल उक्त निर्णय कार्यान्वयन भएनभएको मुल्याङकन तथा समीक्षा हुन जरुरी छ ।
स्वास्थ्य अधिकार संघ, प्रदेश तथा स्थानीयको एकल तथा साझा मौलिक अधिकारका रुपमा संवैधानिक व्यवस्था हो । राज्यका तिनै तहका सरकारले आवश्यक समन्वय सहकार्य गरेर मात्र यो महामारीको विरुद्धको लडाईमा सुदूरपश्चिमबासीले जित्न सकिन्छ । एकद्धार प्रणालीबाट गरीव जनताको गासवासको व्यवस्था गरौ । प्रदेश सांसद विकास कोष र संघिय सांसद विकास कोषलाई कोरोना महामारी विरुद्धको प्रयोग गरौ । राहत वितरण प्रभावकारी भएन भएको प्रभावकारी अनुगमन समितिले अनुगमन हुन जरुरी छ । राहतमा राजनीतिक रोक्न जरुरी छ ।
हाम्रो इतिहास जिउँदै छ । यही नालापानी र देउथलको युद्धमा आधुनिक हातहतियार भएका अंग्रेजसंगको युद्धमा नेपालीले खुकुरी कै भरमा वीरता देखाएको वीरगाथा पढेका छौ । यो बेलाको लडाईमा हामी सबै घरमा बसेर युद्ध लड्नु पर्ने र शंका लागेका विरामीले अस्पातलको आइसोलेसनमा आत्मसमर्पण गरे मात्र युद्ध जित्ने छौ ।
कोरोना संक्रमित अवस्था हेर्दा सुदूरपश्चिम प्रदेशमा मात्र ४ जना रहेको छन् । जसमा कैलालीका ३ जना र १ जना कंचनपुरबासीमा कोराना लक्ष्यण देखिएको छ । विदेशवाट आएका धनगढीका युवाको आफन्तलाई कोरोना देखिएसंगै नेपाल कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।
सुदूर गाम्रीण भेग तथा दुर्गम पहाडी जिल्लाबाट कोरोना संकास्पद विरामीहरु देखा परेमा उद्धार गर्ने सुदूरपश्चिमा ८८ वटा स्थानीय तह, ९ वटा जिल्ला समन्वय समितिका पदाधिकारी ७३४ वटा वडाका समिति परिचाल नहुन जरुरी छ । भौगिलिताका विकटतालाई ध्यान दिएर प्रदेशको मध्य भागमा पर्ने दुई वा तीन वटा पहाडी जिल्लामा कोराना चेक जाँचसहितको आईसीयु र भेन्टीलेटेर उपकरणसहित अस्पतालको व्यवस्थापन गर्नु जरुरी छ । प्रदेश सरकारले विकट गाउँवाट उद्दारका लागि आवश्यक सवारी साधन व्यवस्थापन, गाउँगाउँबाट वोकेर ल्याउने स्टेचर र व्यक्तिगत सुरक्षा उपकरण सहित स्वम्सेवक निर्माण गर्नु पर्छ ।
स्थानीय तहमा वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको इमरजेन्सी उद्धार टोली निर्माण गर्नु पर्छ । प्रदेश सरकारले धनगढी ,महेन्द्रनगर र अत्तरियामा रहेका निजी अस्पतालमा रहेका स्वास्थ्यकर्मी र भौतिक सामाग्री तयारी अवस्थामा राख्नका लागि थप समन्वयगर्नु पर्छ । निजी क्षेत्रमा स्वास्थ्यकर्मीको परिचालनका लागि सरकारी स्वास्थ्यकर्मी पाउने सुविधा तथा आपकालीन वीमा गरी निजिक्षेत्रसंग संकट व्यवस्थापन करार सम्झौता अगाडी बढाउनु पर्छ । कोरोना विरुद्धको लडाईमा सहभागि भएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल बढने गरी सेवा सुविधा तथा प्रोत्साहन काकार्यक्रम घोषणा हुन जरुरी छ ।
धनगढी तथा महेन्द्रनगरसमेत मास्क र स्नेटाइजर उपलव्धाको अभाव छ । मेडिकल मास्कसमेत स्वास्थ्यकर्मीले पाउन नसकेको गुनासो आईरहेको छन् । सुदूर पश्चिमका गाउँका दुरदराजमा रासन पानी मात्र अभाव होइन,हातधुने सावुनको सहज उपलव्धता छैन । त्यो सवै स्थानीय तहले व्यवस्थापन गर्नु सक्नु पर्छ ।
लकडाउनकै बीचमा सूदूरपश्चिम सरकारले एक हजार भन्दा बढी नागरिक उद्दार गरी घर पठायो । घर पठाएकामध्ये कैलाली लम्कीका एक जना संक्रमित फेला परे । सामान्य चेकजाँच गरी पठाईएको त्यसरीगाउँगाउँमापुगेका युवाहरुलाई पनि कोरोना संक्रमितहुन सक्ने त्रास बढेको छ । कंचनपुरका वेदकोटका कोराना संक्रमित महाकाली नदी तरेर नेपाल प्रवेश गरे । खुल्ला सिमाबाट त्यसरी अवैध वाटोबाट लुकीछिपी घर आएकाहरुबाट जोखिम एक दम बढेको छ । प्रदेश सरकारले स्थानियहरुको अगुवाईमा खोजी कार्य गर्नु पर्छ ।भारतवाट ज्यालामजदुरी गरी झन्डै एक लाख ५० हजार जति सुदूर पश्चिम नाकावाट नेपाली घर फर्किएकोतथ्यांङक सार्वजनिकभएको छ । भारत तथा विदेशवाट घर फर्किएका सवैलाई प्रत्येक वडामाउचितखानपिन र स्वाथ्य चेकजाँच सहितउनीहरु सवैलाईक्वारेन्टीनमा राख्नु पर्छ ।
सुदुर पश्चिम प्रदेशसंग जोडिएका भारतका नाकामा अलपत्र परेका नेपाली सुरक्षित उद्दार कार्यगर्नु पर्छ । भारतीयसिमामा क्षेत्र धार्चुला तथा लखिनपुर खिरीमा विभिन्न ठाउँमा रहेको क्वारेन्टीनमा रहेका नेपालीको खानपीन तथा वसोबास अवस्थाका बारेमा भारत सरकारका स्थानियतहसंग समन्वयगर्नु जरुरी छ । जनतालाई राज्य चाहिने विपदको घडीमा हो । नागरिकका लागि सरकार अभिभावक हो भन्ने महसुस जनतालाई यो वेलाहुन पर्छ ।