कोभिड १९ का लागि म्यापिङ कार्यक्रम

कोभिड १९ का लागि म्यापिङ कार्यक्रम

उत्तम थापा, ३० साउन (धनगढी)
स्वास्थ्य सम्बन्धि आकस्मिकता र कोभिड १९ को म्यापिङ गर्नको लागि पपुलेशन मोविलिटी म्यापिङ, कोभिड १९ प्रिपेडनेश एण्ड रेसपोन्स पान्स ईन नेपाल २०२० कार्यक्रम सञ्चलन गर्न लागेको नेपाल अप्रवासि संगठन (आइओएम)का मेडिकल अधिकृत डा. कर्म गुरुङले बताए ।
नाकामा अवैधानिक रुपबाट आएका नागरिक र भारतबाट अएका मान्छे कुन ठाउँबाट आउछन्, कहाँ जान्छन्, कस्ता कस्ता रोगहरु लिएर आउँछन् भन्ने बारेमा अध्ययन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवाहरु कहाँ कति छ, कति थप्नु पर्ने त्यस सम्वन्धि पुर्व योजना गर्नको यस कार्यक्रमले भुमिका खेल्ने उनले बताए । पहिलो चरणमा कार्यक्रममा सहभागि स्वमसेवक, रेड्क्रस र आइओएमले संयुक्त रुपमा तालिम अभ्यास गरेको उनले बताए ।
इन्टरनेशनल अरगाइनेजेशन अफ माइग्रेशन, नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा सुदुरपश्चिम प्रदेशको सीमा नाकामा नेपालीहरु कसरी आउँछन्, कहाँ जान्छन्, कहाँ बस्छन् भन्ने सर्वे गर्नको लागि पपुलेशन मोविलिटि म्यापिङ कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल रेडक्रस सोसाईटीका प्रि हस्पिटल केयर इन्चार्ज भोजराज ओझाले जानकारी दिए ।
बैतडी, कञ्चनपुर र कैलालीबाट प्रत्येक जिल्लाबाट ५ जना सहभागिलाई २ दिने तालिम दिने र तालिमपछि समुदायमा तथा बोर्डर एरियामा गएर स्थानीय जनप्रतिनिधि, चालकहरु, समाजसेवी क्लवका सदस्यहरु, शिक्षकहरुलाई अहिलेको अवस्था कस्तो छ, कोभिडले गर्दा कस्ता किसिमका असरहरु अएका छन् भन्ने विषयमा छलफल गरेर अभिलेख राख्ने उनले बताए । सबै तथ्यांकहरु संकलन स्वास्थ्य मन्त्रालयमा बुझाउने उनले बताए ।
धनगढी उपमहानगरपालिका, भिमदत्त नगरपालिका र दशरथचन्द नगरपालिका पहिलो चरणको काम गर्न लागेको आइओएम, प्रोजेक्ट सपोर्ट अफिसर मिकला पिटालीले बताईन् । हामीले अहिलेको कोभिड १९ को अवस्थामा ह्युमन मोविलिटिका बारेमा तथ्यांक संकलन गरेर सरकारलाई बुझउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जनकारी दिईन् । आगामी दिनमा सरकारलाई पुर्व तयारी गर्नको लागि डाटा कलेक्शनको काम गर्न लागेको उनले बताईन । तालिम पश्चात समूदायमा काम हुने उनको भनाई छ ।