अडियो प्रसंगमा  प्रम ओली र प्रचण्डबीच छलफल

अडियो प्रसंगमा प्रम ओली र प्रचण्डबीच छलफल

८ फागुन (काठमाडौं)
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच कुराकानी भएको श्रोतले जनाएको छ ।
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता गरेका हुन् । अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । बास्कोटा विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् ।