अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न कुकुर
२१ माघ (धनगढी)
संघीय प्रहरी इकाई कार्यालय धनगढीका प्रमुख एसएसपी देवबहादुर बोगटीले घटनाको अनुसन्धान गर्न सात जनाको टोली तालिमप्राप्त कुकुरसहित अछामतर्फ पठाइएको जानकारी दिएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी घरदेखि ३० मिनेटको दुरिमा रहेको गैरी गाउँको गोठमा मृत अवस्थामा बुधबार विहान भेटिएका थिए । उनको अनुहारमा चोटहरु रहेको प्रहरीले जनाएको छ । एएसपी बोगटीले घटनास्थल सिल गरेर राखेको बताए ।
पञ्चेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको बताइन् । उनले गाईबस्तु बाँध्ने गोठमा रग्ताम्य अवस्थामा शव भेटिएको बताइन् । उनी नेपाली काँग्रेसकातर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।