सामाजिक अभियान्ता गजेन्द्र शाहीलाई ‘युवा बर्ष सम्मान’
धनगढी, सामाजिक कार्यमा सक्रिय धनगढीका गजेन्द्र शाहीलाई ‘युवा बर्ष सम्मान’ प्रदान गरिएको छ । धनगढी जेसिजले लोकेन्द्र–मोहन ‘युवा बर्ष सम्मान’ प्रदान गरेको हो ।
आपतकालिन कपडा घर स्थापना, एक महिने निशुल्क खाना पानी तथा फोन सेवा अभियान, अति विपन्न परिवारलाई राहत वितरण र रक्तदानको क्षेत्रमा योगदान पुगाएको भन्दै शाहीलाई उक्त सम्मान प्रदान गरिएको जेसिजले जनाएको छ ।
शाहीले कोरोना कहरमा त्रिनगर–गौरीफन्टा नाका र काठमाडौँमा निशुल्क खाना पानी अभियान चलाएका थिए भने उनकै नेतृत्वमा धनगढीमा कपडा घर पनि स्थापना गरेका थिए । उनको अगुवाईमा कोरोना कहरमै घरदैलो रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।