बैतडीमा मन्त्रीको पहलमा सुत्केरीको उद्दार
१२ कार्तिक (बैतडी)
उधाेग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पहलमा बैतडीकाे दुर्गम गाउँकी पीडाले छटपटाईरहेकी, विपन्न परिवारकी एक सुत्केरीलाई उद्धार गरिएको छ ।
बैतडीकाे दुर्गम सिगास गापाकि धानादेवी साउदकाे स्थानिय स्वास्थ्य केन्द्रमा उपचार असम्भव भएपछि मन्त्री भट्टले सामाजिक मन्त्री कृष्णराज सुवेदीसंगको समन्वयमा ती सुत्केरी महिलाको आर्थिक सहयोगमा हेलिकाेप्टरवाट नेपालगञ्ज पठाइएको हाे ।


