‘पार्टी अहिलेकै पोजिसनमा नरहन सक्छ’–भीम रावल

‘पार्टी अहिलेकै पोजिसनमा नरहन सक्छ’–भीम रावल

२ कार्तिक (धनगढी)
नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य भीम रावलले विकास र प्रतिनिधित्वको प्राथमिकतामा सुदूरपश्चिमलाई निरन्तर उपेक्षा गरिरहे पार्टीलाई हाल प्राप्त पोजिसन गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् ।
‘पार्टीलाई प्राप्त अपार जनमतको उपेक्षा भइरहे आगामी निर्वाचनमा भन्न सकिन्न’ पार्टी अध्यक्ष प्रचण्ड उपस्थित प्रशिक्षण कार्यक्रममा शुक्रबार धनगढीमा बोल्दै प्रदेश इन्चार्ज रावलले भने ‘कांग्रेस पार्टी सभापतिसमेत रहेका पूर्व प्रधानमन्त्री देउवाले प्रतिनिधित्व गर्ने प्रदेशमा एक सिटबाहेक सबै नेकपाले जित्नु सामान्य जनमत होइन । जनविश्वास अनुसारको काम र जनमतअनुसारै प्रदेशले विकास र प्रतिनिधित्वमा प्राथमिकता पाउनुपर्छ ।’
सरकारले पश्चिम सेती निर्माणमा वास्ता नगरेको भन्दै रावलले चर्को आक्रोस पोखे । चिनिया“ कम्पनीलेसमेत हात झिकेपछि सरकारले बजेट वक्तब्यमा पश्चिम सेती सरकारले आफै निर्माण गर्ने उल्लेख गरेको प्रशंग उल्लेख गर्दै बजेटमा भने शुन्य गरिएकोमा रावलले आपत्ति जनाए । उनले भने ‘सरकारले प्रकृया अघि बढाए प्रदेशवासीले नै पश्चिम सेती निर्माण गर्न आवश्यक पर्ने रकम जुटाउन सक्छौं ।’
साढे ७ सय मेगावाट विद्युत उत्पादन क्षमता रहेको पश्चिम सेती जलविद्युत आयोजनालाई यस प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार मानि“दै आएको छ । २५ वर्षदेखि चर्चामै सिमित रहेको छ ।
नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुका लागि सुदूरपश्चिम प्रदेश कमिटिद्धारा आयोजित विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै रावलले हरेक तहमा नेतृत्वमा रहेकाहरुले विगतका प्रतिवद्धता, चुनावी घोषणपत्रमा उल्लेखित योजनाहरु र संविधानको मर्म वेवास्ता गर्न नहुनेमा उनले जोड दिए ।
उनले जनप्रतिनिधिहरुलाई चुनावी प्रतिज्ञा र घोषणा पत्र स्मरण गर्दै काम गर्न आग्रह गरे । ‘श्रोतको दुरुपयोग गरे जनविश्वासमाथि घात हुन्छ’ उनले भने ‘जनप्रतिनिधिको जीवन चरित्रलाई हरेक नागरिकले निगरानी गरिरहेका छन् ।’

Share This
  • 364
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    364
    Shares