मन्त्री हेरफेरबारे छलफल भएको छैन –प्रचण्ड (फोटो फिचर सहित)

मन्त्री हेरफेरबारे छलफल भएको छैन –प्रचण्ड (फोटो फिचर सहित)

सुदीप थापा
१ कार्तिक (धनगढी)
सरकार फेरबदलको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि ठोस छलफल नभएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग मिडियामा आएजस्तो मन्त्री फेरवदलको कुनै चर्चा नभएको बताएका हुन् ।
उनले उक्त विषय प्रधानमन्त्रीको सोचको विषय भएको बताए । अहिले दुवै छिमेकीसँग सम्बन्ध सुदृढ हुदै गइरहेको बताउँदै उनले भारतसँग पेट्रोलियम पाइपलाइनको आयोजना सम्पन्न भएको र त्यसले भारतसँगको सम्बन्धलाई नयाँ आयाम दिएको अध्यक्ष दाहालले बताए । त्यस्तै भर्खरै चिनिया नेतृत्वबाट २३ वर्षपछि भएको भ्रमणले पनि दुई देशबीच नयाँ आयाम थपिएको उनको जिकिर थियो ।

Share This
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares