वडाध्यक्ष सहित ९ जना पक्राउ

वडाध्यक्ष सहित ९ जना पक्राउ

३० असोज (बाजुरा)
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बाजुराको कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा अध्यक्ष नृपराज खत्री, जिल्ला समन्वय समिति बाजुराका सदस्य मोहनसिंह कार्की, रामलाल देवकोटा, धर्मराज पाध्याय, तुलसी देवकोटा, मोहनराज गिरी, पुष्प देवकोटा, टेकेन्द्र नेपाली र ओमजंग आउजी रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय कोल्टीले नियन्त्रणमा लिएको हो । मदिरा सेवन गरेवाफतको लाग्ने जरिवाना जनही २ हजार २ सय तिराएर उनीहरुलाई घर फकाईएको प्रहरीले जनाएको छ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares