विकासका लागि एकता–रावल

विकासका लागि एकता–रावल

सुदीप थापा
२८ असोज (धनगढी)
नेकपाका सूदूरपश्चिमका इन्चार्ज भिम रावलले विकास र समृद्धिका लागि सबैमा एकता अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमार रावलले सुदूरपश्चिमको विकासमा सबै पक्ष एक ढिक्का भएर जुट्नु पर्ने बताएका हुन् ।
ईन्चार्ज रावलले आर्थिक दृष्टिबाट समृद्धिको बाटोमा लैजाने, सामाजिक दृष्टिकोणबाट सम्पुर्ण जनताहरुले सुरक्षित महसुस गर्ने गरी अहिलेको प्रणालीलाई अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरे । उनले कुनैपनि राष्ट्रले नेपालको धर्म सस्कृति परम्परा र भाइचारा खल्बल्याउन सक्नेतर्फ सबैले सचेत रहनुपर्नेमा समेत जोड दिए । प्रदेश कमिटि अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रममा स्थायी समिति सदस्य लेखराज भट्ट, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Share This
  • 276
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    276
    Shares