सभामुखद्धारा राजिनामा,सांसद पद पनि जोखिममा

सभामुखद्धारा राजिनामा,सांसद पद पनि जोखिममा

१४ असोज (काठमाण्डौं)

बलात्कार आरोपमा मुछिएपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मंगलबार दिउसो पदबाट राजीनामा दिएका छन्।
आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी थिइन्।
उनीमाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन्।
संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ। उनको सांसद पद पनि जोखिममा परेको छ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares