दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त मुलुक भयो नेपाल

दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त मुलुक भयो नेपाल

१३ असोज (काठमाण्डौ)

सोमबार काठमाण्डौस्थित सभागृहमा आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका छन् ।

खुला दिसामुक्त राष्ट्रको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‍ओलीले अब नेपाल अहेक दिन एक कदम अगाडि हुने अभियानमा लाग्ने बताए।  ‘सडक मानवसहित भिखारी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा अब हामी लाग्छाैं’, उनले भने,’अब यहाँ कोही पनि भोकै मर्नु पर्दैन।’ 

सरकारले ८ वर्षअघि खुला दिसामुक्त राष्ट्र घोषणा गर्न देशव्यापी दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ। खानेपानी मन्त्रालयले यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेकाले बताएको छ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares