महाराजगञ्जमा फेसन डिजाइन हाउस

महाराजगञ्जमा फेसन डिजाइन हाउस

१३ असोज (काठमाण्डौं)
राजधानीको मुटु महाराजगञ्जमा फेसन डिजाइन हाउस सञ्चालनमा आएको छ । उक्त डिजाइन हाउस लामो समय वैदेशिक रोजगारीमा बिताएर फर्किएका तीन जना उद्दमीहरुले स्वदेशमै केही गर्ने उद्देश्यले खोलेका हुन् ।
फेसन हाउसको उद्देश्य आजै देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने रहेको सञ्चालिकाहरु बताउँछन् ।
महिलाले पनि एउटा पुरुषसरह जस्तोसुकै काम गर्न सक्छन् र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने धारणाको विकास गर्न यस फेसन हाउसले पहल गर्ने सञ्चालिका ज्यास्मिन गुरुङले बताइन् ।
दश वर्ष बढी लामो वैदेशिक रोजगारीको सिप, सिकाइ र अनुभवलाई आफ्नो देशको लागि प्रयोग गरी केहि गर्ने र वैदेशिक रोजगारीमा रहेको समयमा आफूले भोगेका पीडा, भोगाईको सदुपयोग गरी स्वरोजगारी सिर्जना गर्ने यो फेसन हाउसको उद्देश्य भएको अर्की सञ्चालिका विमला गुरुङ बताउँछिन् ।
विदेशमा कमाएर पठाएको रेमिट्यान्सले भन्दा स्वदेशमै कमाएर देश र आफूजस्तै युवा तथा महिलाहरुलाई पनि सीप सिकाउने तथा सबल बनाउन सहयोग पुर्याउने उनीहरु बताउँछन् ।
डीसीटी फेसन हाउसमा आफूले रोजेको जुनकुनै फेसनको कपडा भाडामा लिन सकिने व्यवस्था समेत भएको सञ्चालक दिप सुन्दासले जानकारी दिए । साथै, महिला तथा पुरुष दुवैका लागि विभिन्न फोटोसुट, पार्टी तथा विशेष समारोहका लागि मेकअप र ड्रेसअफ गरी पूर्ण रुपमा तयार गराइन्छ । यसका साथै, होम डेलिभरीको पनि व्यवस्था रहेको छ ।
डीसीटी फेसन हाउसको उद्घाटन कार्यक्रममा गायिका प्रवीसा अधिकारी, बानीका प्रधान, शिला विष्ट, निर्देशक जनक सिंह , राज केपी, फोटो पत्रकार राजेन्द्र थापा , वरिष्ठ संगितकार किरण कँडेल, मदन कृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठ, समाजसेवी तथा संस्कार समाज नेपालका अध्यक्ष पशुपती गुरुङ, लगायतको उपस्थिती रहेको थियो ।

Share This
  • 265
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    265
    Shares