न्यायमा पहुँच बढाउन नागरिक सञ्जाल गठन

न्यायमा पहुँच बढाउन नागरिक सञ्जाल गठन

१३ असोज (धनगढी)
पीडित महिलालाई न्यायमा पहुँच बढाउन सहयोग गर्ने उद्धेश्यले आइतबार धनगढीमा नागरिक सञ्जालको गठन भएको । अम्बिका भण्डारीको संयोजकत्वमा उपसंयोजक निर्मला रिजाल रहेका छन् ।
सदस्यमा उन्नती चौधरी, विनिता सिजापती, निर्मला बागचन्द, सुशिला शाही, निर्मला बीसी, रसुता जैरु, यसोधा सिलाधर, बसन्ती सापकोटा, लगायत २२ सदस्यीय समिति गठन गरिएको हो ।
विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी) को आयोजनामा सञ्चालित महिलाहरुको अवस्था र नागरिक समाज संस्थाहरुको भुमिका विषयक छलफल कार्यक्रममा उक्त सञ्जाल गठन गरिएको हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •