फन पार्कमा अब बाल उद्यान पनि

फन पार्कमा अब बाल उद्यान पनि

सुदीप थापा
११ असोज (धनगढी)
धनगढी भन्सार छेवैमा सञ्चालनमा रहेको फन पार्कभित्र बाल उद्यानसमेत स्थापना गरिएको छ ।
यसअघि मुख्यगरि स्विमिङ पुल सञ्चालनमा रहेको उक्त फन पार्कमा विस्तार गरिएको बाल उद्यानको औपचारिक सञ्चालन यही असोज १७ गतेदेखि सुरु गर्ने सञ्चालकले श्याम विष्टले जानकारी दिए । ‘लगभग सबै तयारी पुरा भइसकेको छ’ उनले भने । बाल उद्यानमा रमाउन आउने पर्यटकहरूको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ ।’ सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो लगानीमा सुरु गर्न लागिएको बाल उद्यानमा ड्यासिङ कार, डुङ्गा, रोटे पिङ, चर्का, ब्रेक डान्स लगायत रहेका छन् ।
हाल भारतीय पर्यटकहरु यस फन पार्कका मुख्य ग्राह गरेको बिष्टले बताए । ४ महिनामा करिब २० हजार पर्यटक आएको उनले जानकारी दिए । भारतको पलिया, साजनपुर, पिलिभित, लखनउ, कानपुर लगायतका ठाउँबाट पर्यटकहरू आउने गरेको उनी बताउँछन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •