बाजुराको विषादीरहित स्याउ धनगढीमा

बाजुराको विषादीरहित स्याउ धनगढीमा

८ असोज (धनगढी)
विगतका वर्षहरुमा बजार नपाएर बारीमै कुहिने गरेको बाजुरामा उत्पादन भएको अग्र्यानिक स्याउ यो वर्ष कृषि ज्ञान केन्द्रले ढुवानी दिएर बजार पुर्याउने ब्यवस्था मिलाएपछि बुधबार धनगढी ल्याइएको छ ।
ज्ञान केन्द्रले ६ सय क्विन्टल स्याउ ढुवानीका लागि प्रति किलो १८ रुपैया अनुदान दिएको जनाएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको जुकोटदेखि पीलुचौरसम्म खच्चडमा ढुवानी गराएर कर्णाली हुदै एक सहकारी संस्थाले बिक्रिका लागि धनगढी पुर्याएको हो । पहिलो लडमा ६० क्विन्टल स्याउ धनगढी पुर्याएको छ । प्रतिकिलो एक सय रुपैयामा उक्त स्याउ बिक्रि मूल्य रहेको शाहीले बताए । बाजुरामा यो वर्ष १ हजार ५० टन स्याउ फलेको कृषि ज्ञान केन्द्रले जनाएको छ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •