संघीयता धरापमा–उपसभापति निधी

संघीयता धरापमा–उपसभापति निधी

७ असोज (धनगढी)
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले संघीयता वर्तमान सरकारकै कारण धरापमा परेको आरोप लगाएका छन् । दोश्रो चरणको जागरण अभियानलाई मंगलबार धनगढीमा समापन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
वर्तमान सरकारले संघीयताका विरुद्ध काम गरिहेको र केन्द्रीयता कायमै राख्ने चलखेल थालेको उनको आरोप छ । सरकारले गाउँगाउँमा अधिकार हस्तान्तरण गर्नुको सट्टा केन्द्रमै अधिकार बढाएर संघीयताको मर्म विपरित कार्य गरेको दावी गरे ।
नेपाली काँग्रेसले सरकारबिरुद्ध खबरदारी र पार्टी सुदृढिकरणका लागि भन्दै गत भदौ २४ गतेबाट दोश्रोचरणको राष्ट्रिय जागरण अभियान थालेको थियो । जागरण अभियानले पार्टीलाई थप शसक्त बनाएको निधीको दाबी छ । अभियनले कार्यकर्ता, जनता र मतदातालाई समेत सचेत गराउनु भूमिका खेलेको उनेका भनाई थियो । अभियानको समापन कार्यक्रममा बोल्दै नेतृ डा. आरजु राणा देउवाले स्थानीय तहमा भ्रष्टाचार र महंगी बढेको बताइन् ।
कैलाली जिल्ला सभापति नरनारायण शाह मनुले कैलालीका १ सय २६ वटा वडाका लागि १० वटा केन्द्रीय प्रतिनिधि खटिएर अभियान सञ्चालन गरिएको बताए । बैशाख २२ देखि १ महिनासम्म पहिलो चरण र भदौ २४ देखि मंगलबारसम्म दोश्रो चरणको अभियान सञ्चालन गरिएको हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •