रोनाल्डोलाई उछिन्दै  मेसी ‘सर्वश्रेष्ठ’

रोनाल्डोलाई उछिन्दै मेसी ‘सर्वश्रेष्ठ’

७ असोज, काठमाण्डौ

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेसीले सोमबार आफ्ना चिरप्रतिद्धन्दी पोर्चुगल तथा जुवेंटसका क्रिस्टियानो रोनाल्डोलाई  पछाडी पार्दै फिफाको सर्वश्रेष्ठ फुटबलर अफ द ईयर भएका छन् । सर्वश्रेष्ठताको ताजका लागि उनीहरु २ जना बाहेक नेदरल्याण्ड तथा लिवरपूलका फुटबलर बर्जिल वान दिक पनि थिए ।मेसी यो भन्दा पहिले २००९, २०१०, २०११, २०१२ र २०१५ मा सर्वश्रेष्ठ फुटबलर घोषित भइसकेका छन् । पछिल्लोपल्ट विश्व फुटबलको दुनियामा दश वर्षदेखि मेसी र रोनाल्डोले जमाइ रहेको वर्चश्वलाई क्रोएशियाका  लुका मोदरिचले तोडेका थिए । तर फेरी यो बर्ष मेसीकै पोल्टामा परेको हो । यो लगायत उनले छैठौ पटक सर्वश्रेष्ठ फुटबलरको उपाधि जितेका छन् ।  रोनाल्डोले ५ पटक यो पुरस्कार जितेका छन् ।लिवरपूल के बास जुर्गेन क्लापले फिफाको सर्वश्रेष्ठ प्रशिक्षक पुरस्कार जितेका छन् । लिवरपूलका एलिसनले सर्वश्रेष्ठ गोलकिपरको पुरस्कार प्राप्त गरेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •