समस्या समाधान गर्न पहल गर्छौ– मन्त्री शाह

समस्या समाधान गर्न पहल गर्छौ– मन्त्री शाह

सुदीप थापा
५ असोज, धनगढी
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरको पुनर्वास क्षेत्रका बासिन्दाहरुलाई सीमा ब्यवस्थापन गर्न पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री शाहले भारतीय क्षेत्रबाट हात्ती लगायत बन्यजन्तु आएर पुर्याउने क्षति नियन्त्रण गर्न पनि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
आइतबार मन्त्री शाहले पुनर्वास क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् । उनले पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा केही अघि भारतीय सुरक्षा बल एसएसबीले नेपालीहरुको पोल फ्याकिदिएको स्थल, वडा नम्बर ४ मा रहेको गोबिन्द गौतमको हत्यास्थल, प्याराताल, हात्तीले बालीनालीमा क्षति पुर्याउँदै आएका स्थानहरु ल्गायतमा अवलोकन गरेका हुन् । पहिलो पटक प्रदेशका मन्त्री ग्रामीण वस्तीहरु जेडिएका भारतीय सीमा क्षेत्रमै पुगेर अवलोकन गरेकोमा स्थानीय बासिन्दा उत्साहित भएका थिए । सांसद तारा लामा तमाङ, पुनर्वासका नगरप्रमुख जीवनराज थापालगायत पुनर्वासका वडाध्यक्षहरु स्थलगत अनुगमनमा सहभागी भएका थिए ।
त्यस क्रममा भारतीय सुरक्षा बलबाट स्थानीय बासिन्दाले भोग्नु परेको सास्तीबारे स्थानीय बासिन्दाले सुनाएका थिए । ‘हामीलाई एसएसबीबाट ब्यापक हेपचेप छ’ स्थानीय किरण गिरीले भने ‘धेरैजसो ठाउँमा सीमा ब्यवस्थापन हुन दिएका छैनन् ।’ उनले पारिबाट दुधवा नेश्नल पार्कबाट आउने हात्ती र बदेललेसमेत बालीनाली सखाप गर्ने भएकाले स्थानीय बासिन्दाहरु पीडित रहेको गुनासो सुनाएका थिए ।नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले गत जेठ महिनामा आएको असिनाबाट बालीनालीमा क्षति पुगेका किसानहरुलाई प्रदेश सरकारबाट सहयोगको अनुरोध गरे ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •