दुर्गमको पत्रकारितामा ‘उज्वल नक्षत्र’

दुर्गमको पत्रकारितामा ‘उज्वल नक्षत्र’

४ असोज, धनगढी
आज भन्दा ३५ बर्ष अगाडी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाश गाउँका गगन बहादुर सिंह र श्रीमती रामकुमार सिंहले आफ्नो कोखबाट जन्मिएको पहिलो सन्तानको नाम वसन्तप्रताप राखे । तिनै वसन्तप्रताप अहिले दुर्गमको पत्रकारिताको आकाशमा ‘उज्वल नक्षेत्र’ बनेर उदाएका छन् ।
दुर्गमको पत्रकारितामा यसअघि पनि ‘चम्किलो तारा’ को रुपमा धेरैले चिन्ने उनै वसन्तप्रताप सिंहलाई संविधान दिवस २०७६ को अवसर पारेर सरकारको निर्णयमा राष्ट्रपतिद्धारा प्रदान गरिने मानपदवी, विभुषण ‘जनसेवाश्री’ प्राप्त भएको छ । कुनाकन्धराका बासिन्दाहरुका पीडा र रोदनहरु, सुशासन र जवाफदेहितालगायतका सवालमा निर्भिक ढंगले कलम चलाउँदै आएका पत्रकार वसन्तप्रताप राष्ट्रबाट विभुषण प्राप्त भएपछि आफ्नो पत्रकारितामा उर्जा थपिएको बताउँछन् ।
को हुन पत्रकार वसन्त प्रताप सिंह ?
वसन्तप्रताप सिंह दृढ संकल्प, इच्छाशक्ति र मेहनतका पर्याय हुन् । नेपालको पत्रकारितामा अझैपनि उपत्यका बाहिरका जिल्लालाई मोफसल दृष्टिले हेरिन्छ । तर उनले सुदुरपश्चिमको विकट जिल्ला बझाङमा बसेर आप्mनो पत्रकारिता यात्रालाई अगाडी बढाए । ‘फरक रिपोर्टिङका लागि अगाडी बढाएको पाइलालाई गन्तब्यमा पुर्याएर मात्रै विश्राम दिने’ उनको स्वभावले पनि १५ बर्षदेखि पत्रकारितामै टिकाइ मात्र राखेको छैन । एक अब्बल, अशल तथा प्रतिभाशाली पत्रकारको परिचयका रुपमा स्थापित गरेको छ ।
हुन त पत्रकारितामा बझाङको ऐतिहासिक पहिचान छ । विस १९५८ मा तत्कालिन बझाङी राजा जयपृथ्वीबहादुर सिंह गोरखापत्र दैनिकका सस्थापक सम्पादक थिए । तर बझाङले पत्रकारिताको अनुभुव लिन भने एक सय बर्ष भन्दा बढि समय कुर्नु पर्यो ।
०६० तिरको कुरा हो । वसन्त, स्थानीय जयपृथ्वी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए । उनलाई एक बर्षअघि स्थापना भएको स्थानीय साइपाल रेडियोका तत्कालिन प्रबन्ध निर्देशक सोनु सिंहले कार्यक्रम सञ्चालन गर्न प्रस्ताव राखे । प्रस्तावलाई उनले उनले सहजै स्विकारे । साइपाल रेडियोे सुदुरपश्चिमकै पहिलो रेडिया थियो । उनले त्यहा“ कार्यक्रम उत्पादक र सञ्चालक भएर काम गरे ।
०६१ को अन्त्यतिर रेडियोको व्यवस्थापनसँग कुरा मिलेन । बसन्त लगायत नौ जना एकै पटक रेडियोबाट बाहिरिए । रेडियो छोडेका पत्रकारहरुसँग मिलेर ‘साथी पाक्षिक’ प्रकाशन गर्ने सल्लाह गरे । तर उनीहरुसँग आवश्यक बजेट थिएन । मिडियालाई विज्ञापन दिने चलन त झन् सुरु भएकै थिएन । उनीहरुले टिम भित्रकै एकजना महिला सहकर्मीको एकतोला सुन २० हजारमा धरौटी राखेर बजेट व्यवस्थापन गरे । त्यही आर्थिक पृष्ठभूमिबाट साथी पाक्षिकको प्रकाशन आरम्भ भयो । जतिबेला बझाङका स्थानीयले छापा माध्यमका रुपमा गोरखापत्र मात्रै चिन्थे ।
पत्रिका प्रकाशन गर्ने जमर्को त गरे, तर बझाङमा पे्रसको सुविधा थिएन । तर पनि हिम्मत भने हारेनन् । धनगढी पुगेर छपाइ गर्ने र बझाङमा बिक्रि वितरण गर्ने योजना बुने । तर त्यसका लागि पनि कठिनाई अनेकौ थिए । चैनपुरलाई बाहिरी जिल्लासँग जोड्ने यातायात सुविधा सहज थिएन । उनीहरुको टोली कापीका पानामा समाचार लेखेको कागजको पोको बोकेर छपाइका लागि धनगढी पुग्थे । फर्कदा छापेको ३०÷४० केजी पत्रिकाको भारी पिठ्युमा बोकेर डोटीको सिलगढी हुँदै खप्तडको बाटो भएर चैनपुर आइपुग्थे । कहिले बैतडीको खोड्पे र श्रीभावरबाट भरिया पत्रकारको लङ मार्च हुन्थ्यो । दुईदेखि तीनदिन लाग्थ्यो ।
पाक्षिक भएपनि पत्रिकाले जिल्लामा राम्रो पहिचान बनायो । तत्कालिन समयमा सुदुरपश्चिमका लोकप्रिय पत्रपत्रिका बढिमा ५ सय प्रति छपाइ हुन्थ्यो । तर बझाङमा प्रकाशन हुने साथी पाक्षिक ५ हजार प्रति छापिन्थ्यो । बझाङका ४७ वटै गाविसमा पुग्थ्यो । जिल्लाभित्रै पत्रिका प्रकाशनका लागि आवश्यक पुर्वाधार अभावको दुःख र सास्तीको पाटो छदै थियो । त्यो भन्दा बढि पाठकको माया थियो । ‘पाठकहरु १५ दिनमा प्रकाशन हुने पत्रिका कहिले आइपुग्ला भन्ने पर्खाइमा हुन्थे,’ बसन्तले विगतलाई सम्झदै भने, ‘पत्रिका भनेको गोरखापत्र मात्रै हो भन्ने आममान्छेको सोचाइ थियो, गोरखापत्र बेग्लै हो, त्यो भन्दा बाहेक अरु पनि पत्रिका हुने रैछन भन्ने सन्देश दिन सकेका थियौ ।’ जुन बझाङको पत्रकारितामा व्यवसायिकताको सुरुवात थियो ।
देश त्यतिबेला द्धन्द्धको क्लाइमेक्समा थियो । पत्रकारहरु राज्य पक्ष र तत्कालिन विद्रोही पक्षको चेपुवामा थिए । साइपाल रेडियो नजिकै नेपाली सेनाको ब्यारेक बस्थ्यो । एकदिन रेडियोको ढोका बाहिरबाट ताल्चा लगाएर भित्र विद्रोही पक्षका मान्छेको अन्तरवार्ता प्रसारण गरियो । अन्तरवार्ता बज्दै गर्दा सेनाले रेडियो घेरिसकेका थिए । ‘साथी पत्रिकाको कार्यालय वरिपरि पनि सेना र प्रहरीका एक÷एक जना सुराकी दैनिक घुमिरहन्थे’ वसन्तले ती दिन सम्झिए ।
स्थानीय पत्रकारितामा जग बसालिसकेका उनले ०६३ मा राजधानी दैनिक अर्थात ‘नेसनल मिडिया हाउस’ सँग जोडिन पाए । राजधानी दैनिकमा बझाङ संवाददाता भएर काम गर्न थाले । यसले गर्दा उनको पत्रकारितामा निखारता थप्न सहयोग पुगेको थियो । धनगढी, नेपालगञ्जका पत्रपत्रिका, काठमाडौंको नेपाल समाचारपत्र, नेपाल टेलिभिजन, उज्यालो, हिमाल लगायत एक दर्जन बढि सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
पत्रकारितामा ‘पपुलारिटी’को कमी थिएन उनलाई । तर आर्थिक अभाव र कामको दबाबले बेला बखत पिरोल्थ्यो । चैनपुरकै एक होटलमा खानाको पैसा ३ बर्षपछि मात्रै तिर्न सकेको अवस्था उनले विर्सेका छैननन् । ‘पत्रकारिताको दुःखले कुनैबेला त छोड्ने मोडमा पुर्याउँथ्यो, तर छोड्न पनि सक्दैनथे । पत्रकारिता एकखालको नसामा परिणत भइसकेको थियो’ उनले सुनाए ।
०७० सालमा आइपुगेपछि उनको मानसिकता फेरियो । खोजपत्रकारिता केन्द्र, नेपालको तालिमसँगै फेलोसिप पाएका थिए । एउटा खोजसमाचार बराबर ८५ हजार पारिश्रमिक पाउँदा पत्रकारिता गर्दाको सबैभन्दा पहिलो खुसीको क्षण बन्यो । ‘एक समाचारको एक सय÷डेढ सय पाउँदै गरेको मान्छे, एकैचोटी ८५ हजार हात पर्दा पत्रकारिता गरेर जिविका धान्न सक्छु भन्ने आँट थपियो’ वसन्तले सुनाए ।
०७२ मा कान्तिपुर दैनिकमा प्रवेश उनको लागि पत्रकारिताको ‘टर्निङ प्वाइन्ट’ बन्यो । कान्तिपुरको बझाङ जिल्ला संवाददाता भएर काम गर्दा अनेकौ सवालहरुलाई बेजोड ढंगले उठाए । चीनको तिब्बत र बझाङको उत्तरी भेग जोड्ने ताक्लाकोट नाकाको सडकलाई राष्ट्रिय योजनामा पार्न उनको पत्रकारिताको योगदान रह्यो । जतिबेला धेरै नेताहरु त्यो नाकाबारे अनभिज्ञ थिए । तर वसन्तले दश दिनको पैदल यात्रा गरेर स्थलगत रिपोर्टिङ गरे । कान्तिपुरमा प्रकाशित समाचार कटिङलाई आधार बनाएर बझाङका नेताहरु डेलिगेसनका लागि काठमाडौं पुगे । २०७४ को तीनै तहको निर्वाचनमा नेताहरुको मुख्य चुनावी एजेण्डा बन्यो ।
उनको कलम अक्सर पीडितहरुका मानवीय पक्षहरु उठानमा केन्द्रित छ । साथै विकास निर्माण र वेथितीका विरुद्धसमेत उत्तिकै तिखो गरि चल्छ । वाल्यावस्थादेखि नै निडर स्वभावका वसन्तले आप्mनो पत्रकारिताको सुरुवातको साथी पत्रिकामा खानेपानी निर्माणमा भएको भ्रष्ट्राचार बिषय समाचार लेख्दा धम्की खाए । समाचार झुटा हो भन्दै उनी विरुद्ध विज्ञप्ती बाजी भयो । त्यो दबाबले उनी विचलित भएनन् । बरु उक्त समाचारबारे निन्तर ‘फलोअप’ गरे । निरन्तरको फ्लोअपपछि कागजमै सम्पन्न भएको खानेपानी बनाउन सम्बन्धित पक्ष बाध्य भयो ।
तत्कालिन समयमा उनको उत्प्रेरणाका स्रोत बनेका थिए अग्रज पत्रकार भुवन भण्डारी । भण्डारी हाल कैलाली बहुमुखी क्याम्पसको पत्रकारिता विभाग प्रमुख छन् । द्धन्द्धकालमा राज्यपक्ष र विद्रोही पक्षको जगजगी भएका बेला आ“ट र साहस उनैले दिएका थिए । वसन्त भन्छन्, ‘हामी डराएर ‘प्लान क्यान्सिल’ गरौ“, भन्थ्यौ, उहा“ले हुदैन, हदै गरे गोली हान्ने त हुन् डराउन हुन्न भनेर साहस दिनुहुन्थ्यो, आजसम्म पनि मैले त्यही मान्यतामा रहेर पत्रकारितामा कलम चलाइरहेको छु ।’
वसन्त पत्रकारितामा उर्जा प्राप्त भइरहनुको पहिलो श्रेय आफ्नै परिवारलाई दिन्छन् । उनी राजनीतिक पृष्ठभुमी भएको परिवारमा जन्मे हुर्के । बुवा गगनबहादुर सिंह राजनीतिमा सक्रिय थिए । अहिले पनि सक्रिय छन् । समाचार र अध्ययनप्रतिको वुवाको रुचीले उनलाई पनि त्यतैतिर डोर¥यो । वाल्यावस्थामा उनका बुवा रेडियोमा नियमित समाचार सुन्दा वसन्त पनि नजिकिन्थे । यसले गर्दा रेडियोप्रतिको रुचि वसन्तमा पनि परेको थियो । कुनैपनि विषयको गहिरो अध्ययन गर्ने उनको बानीले पत्रकारितामा निखार ल्यायो । उनी आफ्ना बुवाले घरमा ल्याएका राजनीतिक, सामाजिक, सास्कृतिक विषयका किताबहरु कुनै छुटाउदैनथे । २०४१ सालमा जन्मिएका उनले समाजशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर हुन् ।
उनी आइए प्रथम बर्ष पढ्दै गर्दा तत्कालिन हिमाल पाक्षिक पत्रिकामा प्रधानमन्त्री सुर्यबहादुर थापाले एक हजार बढी जन्ती बोलाएर छोराको विवाह गरिदिएको समाचार प्रकाशित भएको थियो । जतिबेला ५१ जना भन्दा बढी जन्ती लैजान नपाइने कानुनी प्रावधान थियो । वसन्तले यसबारे हिमाल पत्रिकामा पाठक पत्र पठाए । हिमालले उनको पत्र प्राथमिकतामा छापेको थियो ।
पत्रकारितामा लागेदेखि उनलाई थुप्रै पुरस्कार र सम्मान यसअघि पनि प्राप्त भइसकेका छन् । राष्ट्रिय शिक्षा पुरस्कार, कान्तिपुरको उत्कृष्ट संवददाता पुरस्कार, फेडवासन पुरस्कारलगायत डेढदर्जनभन्दा बढी सम्मान पाइसकेका वसन्त पुरस्कार र सम्मानले पत्रकारितामा जति हौसला थप्छ, त्यो भन्दा बढि आफुले उठाएका बिषयहरु सम्बोधन हुँदा खुशी लाग्ने गरेको बताउँछन् ।
पत्रकारिता सुरुवात गर्दाको बेला र अहिले निकै परिवर्तन आएको उनको बुझाई छ । अहिले पत्रकारितामा टिकिरहन शैली फेर्नु पर्ने अवस्था देख्छन उनी ‘ब्रेकिङका नाममा र घटना प्रधान समाचार लेखेका भरमा पत्रकारिता गर्ने दिन रहेनन्, खोज, ‘फ्याकट चेकिङ‘ र मल्टिमिडिया अति आवश्यक भइसकेकोछ,’ उनले भने, ‘नया“ पुस्ताहरुमा पत्रकार हु“ भन्ने दम्भ र अध्ययन नगर्ने परिपाटीले पत्रकारितामा बिक्न र टिक्न दिदैन ।’
पछिल्ला बर्षहरुमा राजधानीमा सिमित प्रविधि दुरदराजमा पनि भित्रिरहेका छन् । यसले पत्रकारितामा अवसरहरु बढाएको उनी बताउँछन् । पत्रकारितामा व्यवसायिकता, सहजतासँगै थप जटिलताको स्थिती भने यथावत् रहेको उनले बताए । तर पछिल्लो समय च्याउसरीका अनलाइन, युट्युब र पत्रकारको नामधारी स्वार्थ समुहहरु अनियन्त्रित बढ्दै गर्दा समग्र पत्रकारिता पेशा नै बद्नाम भइरहेकोप्रति उनलाई पनि कहिलेकाही दिक्क लाग्छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •