धनगढीको वडा कार्यालयमा आगजनी

धनगढीको वडा कार्यालयमा आगजनी

२ असोज, धनगढी
धनगढी उपहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधवार राती अज्ञात समूहले आगजनी गरेको छ ।
धनगढी गाँउस्थित वडा कार्यालयमा राति १० बजे मोटरसाईकलमा आएका व्यक्तिहरुले आगजनी गरेका हुन् । उनीहरुले वडा अध्यक्षको कक्षको झ्यालको शिशा फुटाएर पेट्रोलको बोत्तल फालेर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदिप गिरीले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताए । कार्यालयभित्रै बस्ने कार्यालय सहयोगीका कारण आगजनीबाट ठूलो क्षति हुन पाएन । वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •