धनगढी सिटी अफ क्रिकेटको टोपी लञ्च

धनगढी सिटी अफ क्रिकेटको टोपी लञ्च

२ असोज, धनगढी
धनगढीलाई क्रिकेटको शहरको रुपमा चिनाउन बिहीबार धनगढी सिटी अफ क्रिकेट लेखिएको टोपी लन्च गरिएको छ ।
धनगढी क्रिकेट एकेडेमीले टोपी लन्च गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबीच टोपी लन्च गरेका हुन । यसबाट धनगढीलाई क्रिकेटको शहरको रुपमा चिनाउन सहयोग पुग्ने बताउँदै नगरप्रमुख वडले भने, ‘धेरैले धनगढीलाई क्रिकेटको शहरको रुपमा चिन्ने गर्दछन् ।’
‘धनगढी आउने पाहुँनाहरुले यहाँबाट के चिनो लगेर जाने भन्दा टोपी लिएर जान सक्दछन्’ धनगढी क्रिकेट एकेडेमीका निर्देशक सुवास शाहीले भने, ‘यो धनगढीको स्पेशल चिनो हुन सक्छ ।’ धनगढी सिटी अफ क्रिकेट लेखिएको टोपी धनगढीका सबै पसलहरुमा उपलब्ध हुनेगरी राखिने निर्देशक शाहीले बताए । उनले टोपीबाट हुने आम्दानीको २० प्रतिशत क्रिकेट खेलको विकासमा खर्चिने बताए ।
पछिल्लो समयमा धनगढीमा देशकै सबैभन्दा ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल) हुने गरेको छ । धनगढीमा सन् २०१० बाट एसपीए कप बाट सुरु भएको थियो । एसपीए कपले ४ वटा संस्करण खेलाएको थियो । सन् २०१६ मा आएर एसपीए कप र धनगढी क्रिकेट लिग गाभिएर धनगढी प्रिमियर लिग सुरु भएको थियो । धनगढी प्रीमियर लिग पहिलो र दोश्रो संस्करण सम्पन्न भएको छ । अब तेश्रो संस्करणको तयारी भैरहेको निर्देशक शाहीले बताए ।
सन् २०१५ बाट धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि ड्रीम फाप्ला अभियान सुरु गरिएको छ । प्रदेश र स्थानीय सरकारले बजेट समेत बिनीयोजन गरेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •