परिवार नियोजनलाई व्यवस्थित बनाऔं – मन्त्री सुवेदी

परिवार नियोजनलाई व्यवस्थित बनाऔं – मन्त्री सुवेदी

१ असोज, धनगढी
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ‘हामी दुई, हाम्रा दुई’ भन्ने नाराका साथ परिवार नियोजनको अभियानलाई व्यवस्थित बनाउँदै लाने बताएका छन् । यसका लागि विभिन्न कार्यक्रमहरु बढाउँदै जाने उनको भनाई थियो
सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘किशोर किशोरीहरुको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बुधबार आयोजित छौठौं परिवार योजना दिवस २०७६ प्रदेश स्तरिय अन्तक्रिया कार्यक्रममा मन्त्री सुवेदीले उक्त कुरा बताएका हुन्
कार्यक्रममा नेपाल हेल्थ सेक्टर प्रोग्रामका परिवार नियोजन विज्ञ डा. राजेन्द्र गुरुङले परिवार योजनाबारे प्रदेशको आगामी कार्यदिशा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लाका सबै स्थानीय तहहरुमा ५ वटा अस्थायी र २ वटा स्थायी परिवार नियोजनका साधन तथा सेवाको उपलव्धता गराउने, परिवार स्वास्थ्य नीतिमा परिवार योजना सम्बन्धि नीति तथा रणनीतिलाई सम्बोधन गर्ने, परिवार नियोजन सम्बन्धि व्यवहार परिवर्तन सञ्चार तथा प्रवद्र्धनात्मक क्रियाकलापहरु रहेका डा. गुरुङले बताए । उनले ५ वटै अस्थायी साधन उपलव्ध हुने स्वास्थ्य संस्था सुदृढीकरण तथा विस्तार, स्थाई बन्ध्याकरणको नियमित सेवा उपलव्ध हुने प्राथमिक सेवा केन्द्र सुदृढीकरण तथा विस्तार, स्वास्थ्यकर्मीलाई परिवार नियोजन सेवा तथा परामर्श सम्बन्धि क्षमता अभिवृद्धि गर्ने लगायतका क्रियाकलाहरुमा सहभागि गराइने जानकारी गराए ।
सुदूरपश्चिम प्रदेशको कुल बजेट १३ अर्व ६५ करोड मध्ये सामाजिक विकास मन्त्रालयमा ३ अर्ब ३४ करोड छ त्यस मध्ये स्वास्थ्य क्षेत्रमा १ अर्ब २० करोड बजेट छुट्याइएको छ । स्वास्थ्य सेवा अन्तर्गत परिवार नियोजनको क्षेत्रमा ३ दशमलव ०९ प्रतिशत छुट्याइएको डा. गुरुङले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसदहरु, सरोकारवाला, स्वास्थ्यकर्मी, पत्रकार र किशोर किशोरीहरुको उपस्थिती रहेको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •