नेपाल एयरलायन्स सुधार्न १३ सुझाव

नेपाल एयरलायन्स सुधार्न १३ सुझाव

१ असोज, काठमाडौं
राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले १३ वटा काम गर्नुपर्ने राय सहितको प्रतिवेदन बुझाएको छ ।
पर्यटन मन्त्रालयका पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईसमक्ष बिहीबार नेपाल वायु सेवा निगम सुधारसम्बन्धि प्रतिवेदन बुझाएको हो ।
कार्यदलले निगमलाई नाफामा लैजान तत्काल गर्नुपर्ने १३ वटा कामको सुझाव–
१. वित्तीय पुनर्संरचना सुधार
२. व्यवस्थापकीय पुनःसंरचना
३. संस्थागत पुनर्संरचना
४. गन्तव्यको विलेश्षण
५. विमान तथा उडान व्यवस्थापन
६. बजार व्यवस्थापन
७. मानव स्रोत व्यवस्थापन
८. सूचना तथा सञ्चार प्रविधि
९. सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन
१०. नेपाल फाइनान्सियल रिपोर्टिङ
११. कार्यसम्पादन सूचक स्थापित गर्ने
१२. संस्थागत सुशासन र गोपनीयतामा सुधार
१३. आन्तरिक नियन्त्रण प्रणाली

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •